पाथीभरा केबलकार विरोधमा गोली प्रहार: सांसद दुर्गा राईको सरकारप्रति आक्रोश
२५ माघ २०८१, शुक्रबार १३:४०

काठमाडौँ । पाथीभरा केबलकारको विरोध गर्ने युवाहरुमाथि प्रहरीले माघ १२ गते साँझ गोली प्रहार गर्दा धेरैजना घाइते भएका छन्। घाइतेहरुमध्ये दुई जनाको गम्भीर अवस्थामा टिचिङ अस्पतालमा उपचार भइरहेको छ। एक जनाको छातिमा र अर्कोको तिघ्रामा गोली लागेको जनाइएको छ।
यस घटनाप्रति प्रतिनिधि सभा बैठकमा सांसद दुर्गा राईले कडा आपत्ति जनाउँदै सरकारको कदमलाई संविधान र मानव अधिकार विरुद्धको घृणित कार्य भनेकी छन्। धार्मिक क्षेत्रको संरक्षण गर्ने कुरा गर्दा राज्यले नागरिकको छालिमा गोली हान्नु असंवैधानिक भएको भन्दै उनले प्रश्न गरिन् ।
सांसद राईले पूर्वका जिल्लाहरुमा बढ्दो असन्तोष र अशान्तिको विषयमा सरकारलाई गम्भीर हुन चेतावनी दिइन्।













