मध्यरातमा अर्थसचिवको सरुवा, अख्तियारका घनश्याम उपाध्याय सिंहदरवार भित्रिए

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थसचिवको जिम्मेवारी हेरफेर गरेको छ । केहीबेर अघि मात्रै सकिएको मन्त्रिपरिषदको बैठकले अर्थ सचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम श्याम उपाध्यायलाई सिंहदरवारस्थित अर्थमन्त्रालयमा भित्राउने निर्णय गरेको छ ।
सहसचिव हुँदा कर्णाली प्रदेशको अर्थमन्त्रालयको सचिव भएर काम गरेको अनुभवको आधारमा अर्थमन्त्रालयमा सरुवा गरिएको हो । यसअघि श्रम मन्त्रालयमा चार महिना काम गरेका उपाध्यायलाई देशको ढुकुटी चलाउने मन्त्रालयको सचिव बनाउने निर्णय गरिएको हो । सोमबारको मध्यराति मन्त्रिपरिषदले सो निर्णय गरेको हो ।
अर्थमन्त्रालयमा विगत केही महिनादेखि सचिव र अर्थमन्त्रीका बीचमा अपजस देखाउने काम भइरहेको थियो । उता, राष्ट्रपति कार्यालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई अख्तियारमा सरुवा गरिएको छ ।











