सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमितलाई बीमा दावी भुक्तानी लिन आग्रह

५ असार २०८२, बिहीबार १०:५६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आम बीमितहरुलाई बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा दावी वापतको भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन अनुरोध गरेको हो ।

बीमा दावी भुक्तानीको लागि निवेदन परेका तर, आवश्यक प्रक्रिया, कागजात नभएका बीमितहरुलाई सक्दो चाँडो दावी मुल्यांकलनको लागि आवश्यक कागजात सहित सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ । उक्त कार्यको लागि बीमितले कम्पनीको नजिकको शाखा कार्यालय, प्रदेश तथा उपशाखामा सम्पर्क गर्न सक्ने गरी व्यवस्था मिलाएको कम्पनीेले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*