३३ अर्ब रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी नेपाल भित्रिए, कहाँबाट कति ?

६ असार २०८२, शुक्रबार १८:३०

काठमाडौं । भन्सार विभागका अनुसार ११ महिनामा २८ हजार वटा विद्युतीय सवारी भित्रिएका छन् । ३३ अर्ब रुपैयाँ भन्सार मूल्यका २८ हजार वटा विद्युतीय सवारी भित्रिएको देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को जेठ सम्मको तथ्यांक अनुसार भारत, चीन, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया, अमेरिका र जर्मनीबाटसमेत भित्रिएका यी विद्युतीय सवारी साधान ३३ अर्ब ११ करोड रुपैयाँ भन्सार मूल्यका छन् । यी सवारी भित्रदा सरकारले २० अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

तथ्यांक अनुसार नेपाल भित्रिएका यी सवारी साधानमा अनएसेम्बल तीनपाङ्ग्रे, इलेक्ट्रिक तीन पाङ्ग्रे अनएसेम्बल कार, र कारजीप तथा भ्यानसहितका सवारी साधान रहेका छन् ।

गत वर्ष सोही अवधिमा नेपालमा ३० अर्ब १८ करोड रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी नेपाल भित्रिएका थिए । गत वर्ष २२ हजार ६ सय वटा सवारी भित्रिदा सरकारले १३ अर्ब ४५ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो । यो तथ्यांक गत वर्षको तुलनामा यो वर्ष ३ अर्ब रुपैयाँ बढी मूल्यका सवारी आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*