बाफलमा स्टिकर र मेडल भण्डारण गरिएको गोदाममा आगलागी

८ असार २०८२, आईतवार १०:०५

काठमाडौं । नागार्जुन नगरपालिका–३ बाफलस्थित एउटा गोदाममा आइतबार बिहान आगलागी भएको छ। राजेन्द्र उदासले सञ्चालन गर्दै आएको सो गोदाममा स्टिकर र मेडलहरू भण्डारण गरिएको थियो।

आगलागी बिहान करिब ३ बजेर २० मिनेटबाट शुरू भएको हो। आगो निभाउन सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो। दमकलको सहयोगमा साढे एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

घटनास्थलमा बालाजु दमकल र जुद्ध बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट प्रहरी निरीक्षक नीरकुमार कार्कीको नेतृत्वमा ३५ जनाको टोली आगो नियन्त्रणमा सहभागी भएको थियो।

प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो। यद्यपि आगलागीबाट भएको क्षतिको विवरण भने अझै खुलिसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*