छ दिनदेखि दाउन्नेमा अड्किए मालवाहक सवारी

८ असार २०८२, आईतवार ११:५९

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्र बन्द हुँदा मालवाहक सवारी साधनहरू छ दिनदेखि सडकमै अड्किएका छन्। विनयी खोलामा आएको बाढी र दाउन्ने क्षेत्रमा बाटो चिप्लो भएका कारण सवारी आवागमन ठप्प भएको हो।

पूर्वबाट पश्चिम जाने सवारी विनयी खोलाको बाढीले रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका गाडीहरू दाउन्नेमा अड्किएका छन्। विनयी खोलामा आठौँ पटक बगाएपछि अब डाइभर्सन नबनाउने निर्णय भएको छ।

डाइभर्सन नहुँदा साना तथा हलुका सवारीहरूलाई होङ्सी सिमेन्ट हुँदै २८ किलोमिटरको वैकल्पिक बाटो प्रयोग गर्न दिइएको छ। यद्यपि साँझ ७ बजेपछि बिहान ५ बजेसम्म सबै सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध गरिएको छ।

गत पुस २६ गते विनयी खोलाको पुल बगाएपछि डाइभर्सनमार्फत आवागमन भइरहेको थियो। तर बाढीले बारम्बार डाइभर्सन बगाएपछि अब वैकल्पिक उपाय खोजिने प्रहरीले जनाएको छ।

गत बिहीबार राति सोही डाइभर्सन पार गर्दै गरेको एक यात्रुबाहक बसलाई खोलाले बगाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*