एयर इण्डिया जहाज दुर्घटनाको प्रतिवेदन- पाइलटको सिटमा को-पाइलट, कसले गर्यो इन्धनको दुवै स्वीच अफ ?

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादबाट बेलायतको राजधानी लण्डनका लागि उडेको एयर ईण्डियाकाे फ्लाईट नं १७१ को बोईङ ७३७ जहाज दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको तथ्य प्रारम्भिक प्रतिवेदनमा औल्याइएको छ ।
हिजो मध्यराति भारतीय छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा टेक अफ लगत्तै दुवै इन्धनको स्वीच अफ गरिएको तथ्य फेला परेको छ । जुन पोखरमा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजसँग हुबहु मिल्दछ । साथै अर्को तथ्य पनि पोखरामा भएको यति एयर लाइन्सको जहाजसँग ठ्याक्कै मिलेको छ, त्यो थ्रस्ट लिभर तान्नुपर्नेमा इन्धन लिभर तानेर इन्धन बन्द हुन पुगेको अवस्था देखिएको छ ।
पोखरामा भएको यति एयरलाइन्सको घटना चार बर्ष पुरानो हो र यति एयरलाइन्स अहिले नयाँ व्यवस्थापनले अत्याधुनिक र सुरक्षित तरिकाले सञ्चालन भइरहेको छ ।

प्रारम्भिक प्रतिवेदनमा मुख्य पाइलट सुमित सुभरवालले को पाइलट क्लीभ कुन्दरलाई जहाजको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिएको खुलेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार को पाइलट क्लीभले जहाज उडाइरहेका थिए र क्याप्टेन सुमित अनुगमन गरिरहेका थिए ।
जहाज जहाजले टेकअफ गर्यो लगत्तै एक जना पाइलटले यो किन बन्द भयो ? भनेर सोधिएको अडियो भ्वाईस फ्लाईट डाटा रेकर्डरमा सुनिएको छ । सोही समयमा अर्को पाइलटले मैले बन्द गरेको छैन भन्ने जवाफ दिएको पनि सुनिएको छ । उक्त आवाजहरु कुन कसको हो भन्ने यकिन भएको भारतीय छानविन समिति एएआईबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा इन्धनको दुवै स्वीच अफ भएकोले जहाजका थ्रस्ट नभएर दुर्घटनामा परेको प्रारम्भिक प्रतिवेदनमा निष्कर्ष दिन खोजिएको छ । यद्यपि उक्त जहाजको दुवै इन्धनको स्वीच अफ पाइलट वा को पाइलट कसबाट भयो भन्ने विस्तृत खुलाइएको छैन ।
प्रतिवेदनमा बन्द भएको दुवै इन्धन तत्कालै खुल्ला गरिएको र एउटा इन्जिन स्टार्ट भई पुनः थ्रस्ट दिन सुरु गरेको भएपनि अर्को इन्जिन स्टार्ट मात्रै भएको र थ्रस्ट दिन नपाएको उल्लेख छ ।
टेक अफ लगत्तै जहाजको दुवै इन्धन स्वीच बन्द गरिएकोले जहाजको इन्जिन बन्द भई पावर लसका कारण माथितिर जानुपर्ने जहाज तलतिर झरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

युटिसी समय अनुसार ८ः०७ः३३ मा जहाजले धावनमार्ग २३ बाट टेकअफ गरेको थियो । जहाजका क्याप्टेनले धावनमार्गको पर्खाल पार गर्दा गर्दै युनिभर्सल समय ८ः०९ः०५ बजे मेडे मेडे भनेर गुहार मागेका थिए । लगत्तै जहाज नजिकैको होस्टेलमा बजारिन पुगेको थियो । दुर्घटनामा कूल २६० जनाको निधन भएको थियो । २२९ जना यात्रु १२ जना क्रु मेम्वरका निधन भएको थियो भने एक जना जीवित रहन सफल भएका छन् ।
घट्नामा १५ अर्बभन्दा बढि बीमा दावी पर्ने प्रारिम्भक अनुमान गरिएको छ ।

प्रतिवेदनको पूर्ण पाठ
Preliminary Report VT-ANB
लण्डनका लागि टेकअफ लगत्तै एयर इण्डियाको जहाजले भन्यो, ‘मेडे’ अनि रुखमा बजारिँदै आगो दन्कियो













