सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
१२ श्रावण २०८२, सोमबार १६:३९

काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ ।
सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।
५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो ।













