टेलिकमको इन्टरनेट अझै प्रभावित, फोजी र भोल्टी सेवामा समस्या
१२ श्रावण २०८२, सोमबार १८:२८

काठमाडौं । नेपाल टेलिकमको फोजी तथा भोल्टी (भीओएलटीई)मा समस्या देखिएपछि आज दिउँसो करिब २ बजेदेखि इन्टरनेट सेवा प्रभावित भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै सेवामा अवरोध भएको जानकारी गराएको हो।
नेपाल टेलिकमका अनुसार टूजी तथा थ्रीजी भने नियमित रूपमा सञ्चालन भइरहेका छन्। फोजीको मोबाइल सेवा तथा भोल्टमा उत्पन्न समस्या समाधान गर्न प्राविधिक टोली खटिएको र सेवा यथासक्य चाँडो पुनः सुचारु गर्न प्रयास भइरहेको जानकारी पनि कम्पनीले गराएको छ।
‘सेवामा आएको अवरोधबाट ग्राहकवर्गमा परेको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’ नेपाल टेलिकमद्वारा प्रकाशित सूचनामा उल्लेख छ।














