आज नाग पञ्चमी मनाइँदै
१३ श्रावण २०८२, मंगलवार ०७:२१

काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक नाग पञ्चमी पर्व मनाउँदैछन्। यो दिन घरको मूल ढोकामा नागको चित्र टाँसी दूध, अक्षता आदि चढाएर पूजाआजा गर्ने परम्परा छ।
नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। हिन्दू धर्ममा नागलाई धन, पानी र रक्षासँग जोडिएको देवता मानिन्छ। विशेष गरी वर्षा ऋतुमा नागहरूको कृपाका लागि यो पर्व मनाउने गरिन्छ।
मानिसहरू नागको मूर्तिमा दूध चढाउने, नाग कथा वाचन गर्ने र नाग देवतालाई प्रसन्न पार्ने विभिन्न विधि अपनाउने गर्दछन्। आजको दिन नागलाई प्रसन्न पार्दा सर्पदंशबाट बच्न सकिने, घरमा सुख–शान्ति रहने र ऋणमोचन हुने विश्वास गरिन्छ।











