३८ हजार रुपैयाँको नक्कली नोटसहित २ जना युवक पक्राउ

२१ श्रावण २०८२, बुधबार ०९:४१

काठमाडौं । नेपाली ३८ हजार रुपैयाँ नक्कली नोटसहित २ जना २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका वडा नम्बर १ मा बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिकाको वडा नम्बर २ मा बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–८ भिमनगरबाट नक्कली नोटसहित साउन १९ गते रातको समयमा पक्राउ गरेको हो।

लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १ हजार दरको ३८ वटा नक्कली नोट बरामद भएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*