‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

२१ श्रावण २०८२, बुधबार १०:२०

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन  (नाइमा)  द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन्।यस वर्ष १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे र ५ वटा व्यवसायिक सवारी साधनहरू पहिलोपटक सार्वजनिक गरिने तयारी गरिएको छ। एक्स्पोमा विभिन्न कम्पनी तथा संस्थाहरूले भाग लिएका छन्।

टिकेटिङ पार्टनर खल्ती बाई आईएमई, वेभरेज पार्टनर माउण्टेन ड्यू, ब्रुइङ्ग पार्टनर हिमालयन जाभा, राइड पार्टनर पठाओ, सर्वेलेन्स पार्टनर एचआईके भिजन, कनेक्टिभिटी पार्टनर वर्ल्ड लिङ्क, हस्पिटालिटी पार्टनर सोल्टी होटल, मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनर एनसेल, र म्यानेजमेन्ट पार्टनर मिडिया स्पेस सोलुसन रहेका छन्।

प्रर्दशनी अवधिभर आगन्तुकलाई सहज र सुरक्षित बनाउन प्रायोजक कम्पनीहरुले विभिन्न सेवा सुविधाहरू उपलब्ध गराएको छ । पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडमा ३० प्रतिशत छुटको व्यवस्था गर्नेछ भने फ्रन्टलाइन हस्पिटलले चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा दिनेछ ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुनेछ, जहाँ ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*