५० सह–सचिवको विदाई यसै बर्ष, कसको अवकास कहिले ?

२२ श्रावण २०८२, बिहीबार १२:००

काठमाडौं । चालु आर्थिक वर्षमा कुल ५० जना सह–सचिवहरु अनिवार्य अवकासमा जाने भएका छन् । निजामति कितावखानाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालय, आयोग तथा विभागमा कार्यरत सह–सचिवहरु अवकासमा जान लागेका हुन् ।

विवरण अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ८ जना सह–सचिव विदा अर्थात अवकास हुने भएका छन् । जसमा स्वास्थ्य मन्त्रालयका ढुण्डीप्रसाद निरौला अवकास हुने भएका छन् । त्यस्तै, यहि महिनामा सह–सचिव रविन्द्रप्रसाद देवकोटा, तपस अधिकारी, अर्जुन गौतम, राजन नेपाल, राजेन्द्रप्रसाद भण्डारी, शैलेजा रेग्मी भट्टराई र मेघनाथा तिमल्सेना अनिवार्य अवकास लिने भएका छन् । साउन महिनामा अवकास जान लागेका सह–सचिवहरु ५८ वर्षे उमेरहदका कारण विदा हुन लागेका हुन् ।

भदौ महिनामा सह–सचिव शंकर नेपाल, सेवन्तक दाहाल, उमाकान्त आचार्य र शंकर थापा मगरसहित चार जना विदा हुने भएका छन् । विवरण अनुसार असोज महिनामा सह–सचिव सावित्री अर्याल, यज्ञ कोइराला, लेखराज दाहाल, प्रेमदत्त भट्ट र किरण थापासहित पाँच जना अवकास हुने भएका छन् ।

निजामति कितावखानाको विवरण अनुसार आउदो कात्तिक महिनामा सह–सचिव दामोदर गौतम, कविराज पौडेल, नर बहादुर थापा, यज्ञप्रसाद ढुंगेल र बद्रीनाथ अधिकारीसहित पाँच जना अवकास लिएर निजामति सेवाबाट बिदा लिने भएका छन् ।

त्यस्तै, मंसिर महिनामा सह–सचिव लालबावु कवारी, ज्ञानप्रसाद बस्याल, कुमारप्रसाद दाहाल र पुष महिनामा भरतमणी रिजाल, इन्द्रप्रसाद आचार्य, नविनमान श्रेष्ठसहित तीन–तीन जना अवकास लिएर घर फर्किने छन् ।
विवरण अनुसार माघ महिनामा सह–सचिव दिलिप गौतम, केशवराज ढकाल, कमलराज जोशी र फागुनमा पुण्यबिक्रम पौडेल, राजनराज घिमिरे, गंगाराज खरेल निजामति सेवाबाट अवकास लिएर बिदा हुने छन् ।

चैत महिनामा सह–सचिव बासुदेव रेग्मी, भिमार्जुन पाण्डे, बैशाख महिनामा शिवराम पोखरेल, अरुण कुमार कटुवाल, थानप्रसाद पंगेनी, दीर्घराज मैनाली, इन्द्र बिलास पौडेल, प्रेमप्रसाद भट्राई, पुष्कर न्यौपाने र धन बहादुर वली अवकास लिएर घर जाने भएका छन् । त्यस्तै, जेठ महिनामा भरत गौतम, बलसागर गिरी, अमृत श्रेष्ठ र असार महिनामा रामुराज कडरिया, ध्रुप गिरीसहित ५० जना सह–सचिव निजामति सेवाबाट अवकास लिएर घर जाने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*