जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दाबी भुक्तानी गर्न नेपाली बीमक सक्षम छन्ः अध्यक्ष वैदवार

७ आश्विन २०८२, मंगलवार ११:०५

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न नेपाली निर्जीवन बीमा कम्पनी सक्षम रहेको बताए । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले यस्तो बताएका हुन् ।

‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०र२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तिवटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२र१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ,’ उनले भने ।

उनका अनुसार अहिलेसम्म आन्दोलनका कारण २४७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दावी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दावी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसीको बाढीका कारण करिव १३ अर्बको दावी परेको उनले बताए ।

‘अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दावी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढिपहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै रिकभरिका लागि सहयोग गर्थ्यौं,’ वैद्यवारले सुनाए । १ हजार ७ सय दाबी साना प्रकृतिका छन् । यी ४०–५० लाखदेखि २ करोडसम्मका होलान । अरु ठूलो प्रकृतिका रहेको उनले बताए ।

‘साना दावी हामी दिपावलीसम्ममा भुक्तानी गर्छौैं । हामी सरल ढंगले दावी भुक्तानी गर्छौ । हामीले यसको ड्राफ्‌ट प्राधिकरणमा पठाइसकेका छौं । गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, विलबुुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई हामीले एडभान्स दिन्छौं,’ उनले भने ।

उनले उक्त आन्दोलनमा भएको क्षतिका कारण नेपालको इतिहासकै उच्च बीमा दाबी परेको बताउँदै यसले नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स लगायत विदेशी रि इन्स्योरेन्समा थप दायित्व बढेको बताए । उनले यतिबेला बीमा कम्पनीहरुममा २२ अर्बको दायित्व रहेको बताए । ‘यो नेपाली बीमा कम्पनीमा परेको हालसम्मकै ठूलो दाबी हो । यसअघि भूकम्पको बेला १७ अर्बको दाबी परेको थियो ।’

ठूलो दाबी परेपनि नआत्तिएको बताउँदै उनले दाबीलाई सरलीकृत बनाउने विश्वास दिलाए । ‘हामीले प्राधिकरणमा फाइल पठाएका छौ । ३–४ अर्बसम्म दायित्व मात्रै हुन आउँछ हाम्रो पुनर्बीमा हुन्छ,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*