सुर्यज्योति लाइफका बीमा अभिकर्ताहरुको भव्य सम्मेलन सम्पन्न, उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सम्मानित

६ आश्विन २०८३, मंगलवार २२:३४

काठमाडौं । सुर्यज्योति लाइफ इन्योरेन्स कम्पनीमा आबद्ध भएका देशैभरिका बीमा अभिकर्ताहरुको कुम्भ मेला आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।

उत्कृष्टताको सम्मान, उपलब्धीको उत्सवको नारा सहित आज राजाधानीको ललितपुरको ग्वार्कोस्थित होटल रोयल तुलिपमा सुर्य ज्योति लाइफको एजेन्सी अवार्ड नाईट २०८३ भव्य र ऐतिहासिक समारोहको आयोजना गरी सम्पन्न भएको छ । सो समारोहमा उत्कृष्ट चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सीम्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरुकालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै कम्पनीले देशैभरिका बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी सम्बन्धी तालिम तथा चालु आवको व्यवसायीक रणनीतिमाथि पनि छलफल सम्पन्न गरेको छ ।

देशभरबाट छनोट भएका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई कम्पनीका बीमा अभिकर्ता तालिम तथा विकास विभाग प्रमुख उत्तम प्रसाद आचार्यले स्वागत मन्तव्यसहित अभिनन्दन गरेका थिए।

आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यवसाय प्रदर्शन तथा कम्पनीको व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न विधाका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई ट्रफी, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। Self Code तथा BDI Team Business अन्तर्गत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रतिष्ठित ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड’ तथा **‘सूर्यज्योति रत्न अवार्ड’**बाट सम्मान गरिएको थियो। साथै Self Code Qualifiers, MDRT Global Conference 2027 Qualifiers, Product Ambassador Contest, Chairman Club, Province Top Qualifiers, Star Agency Managers, Top Policy Sold, Top Active Agent Recruitment, Top 10 Business Contributors तथा Best Agency Team of the Year लगायतका विभिन्न विधामा उत्कृष्टलाई सम्मान गरिएको थियो।

विशेष सम्मानअन्तर्गत SuryaJyoti Ojashwi Ratna Award 2082 को Self Code Business तथा BDI Team Business दुवैतर्फ कमल प्रसाद घिमिरे, बुटवल पाल्पा रोड शाखा सम्मानित भएका छन्। त्यस्तै, SuryaJyoti Ratna Award 2082 को Self Code Business तर्फ पनि कमल प्रसाद घिमिरे सम्मानित भएका छन् भने BDI Team Businessतर्फ कमल प्रसाद घिमिरे, कृष्ण पराजुली, कृष्ण प्रसाद भट्ट, लक्ष्मी तिमल्सिना, कल्पना सिवाकोटी, उपिन्द्रा राई तथा रेखा पोख्रेल घिमिरे सम्मानित भएका छन्। Product Ambassador Contest अन्तर्गत ‘सूर्यज्योति सजिलो भुक्तानी बीमा योजना’ (Money Back Plan) तथा ‘सूर्यज्योति थ्री २० बीमा योजना’ अन्तर्गत गौरव कुमार शाही, सुरज हुमागाईं र सिम्रन पुनलाई ट्रफी तथा सम्मानपत्र प्रदान गरिएको थियो। साथै सर्वाधिक व्यवसाय तथा उत्कृष्ट अभिकर्ता नियुक्ति र बीमालेख जारी गर्ने शाखामध्ये बुटवल पाल्पा रोड शाखा र दमौली शाखालाई शिल्डसहित सम्मान गरिएको थियो।


प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अभिकर्ताले आफ्नो टिम विस्तार गर्ने, कर्मचारीले उत्कृष्ट सेवा प्रदान गर्ने र कम्पनीले बीमितको विश्वासलाई अझ मजबुत बनाउँदै अघि बढ्ने तीन आधारमा जोड दिए। उनले सूर्यज्योति लाइफले ISO 2001:2015 Certified कम्पनीका रूपमा समयसापेक्ष बीमा योजना तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको र मोबाइल एपले अभिकर्ता तथा बीमितको सेवा थप सहज बनाएको बताए।

कार्यक्रमको अन्त्यमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीको व्यवसायिक यात्रामा अभिकर्ता तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सूर्यज्योति लाइफलाई अझ सुदृढ, विश्वसनीय र उत्कृष्ट जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्न एकता, सहकार्य र निरन्तर प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे। उनले कम्पनीको यात्रामा साथ दिने अभिकर्ता, कर्मचारी, बीमित तथा सरोकारवालाप्रति आभार व्यक्त गरे।

‘एजेन्सी अवार्ड नाइट–२०८३’ ले उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको योगदानको सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिका लागि प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*