निर्जीवन बीमकको स्पेसल रिजभमा २८ अर्ब छ, दावी भुक्तानीमा कुनै समस्या हुदैनः अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले बीमा कम्पनीहरुसँग २८ अर्ब रुपैयाँ स्पेसल रिजर्भमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले निर्जीवन बीमकसँग स्पेसल रिजर्भमा प्रशस्त सन्चिती रहेकाले बीमितहरुले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
अध्यक्ष बैदवारले भने, ‘बीमा कम्पनीले २२ अर्ब भनेको स्पेसल रिजर्भमार्फत कभर गर्ने वैद्यवारले जानकारी दिए । ‘यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडी रिइन्योेस्योरेन्सको साथ छ ।’
उनले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न नेपाली निर्जीवन बीमा कम्पनी सक्षम रहेको बताए । उनले उक्त आन्दोलनमा भएको क्षतिका कारण नेपालको इतिहासकै उच्च बीमा दाबी परेको बताउँदै यसले नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स लगायत विदेशी रि इन्स्योरेन्समा थप दायित्व बढेको बताए ।
उनले यतिबेला बीमा कम्पनीहरुममा २२ अर्बको दायित्व रहेको बताए । ‘यो नेपाली बीमा कम्पनीमा परेको हालसम्मकै ठूलो दाबी हो । यसअघि भूकम्पको बेला १७ अर्बको दाबी परेको थियो ।’
ठूलो दाबी परेपनि नआत्तिएको बताउँदै उनले दाबीलाई सरलीकृत बनाउने विश्वास दिलाए । ‘हामीले प्राधिकरणमा फाइल पठाएका छौ । ३–४ अर्बसम्म दायित्व मात्रै हुन आउँछ हाम्रो पुनर्बीमा हुन्छ,’ उनले भने ।













