दशैंभर काभ्रेमा टिपर चलाउन रोक, चलाएको भेटिए कडा कारवाही गरिने

७ आश्विन २०८२, मंगलवार १३:११

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दशैं अवधिभर टिपर चलाउन रोक लगाएको छ भने चलाएको पाइए कारवाही गरिने चेतावनी दिएको छ।

सहायक प्र.जि.अ सुदर्शन श्रेष्ठले दशैं पर्वको अवधिभर काभ्रेको वि.पी राजमार्ग, अरनिको राजमार्ग लगायतका सडकमा सवारी चाप र त्यसबाट हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताएका छन्।

जिल्ला सुरक्षा समितिको भदौ ३० गते बसेको बैठकले असोज ६ गतेदेखि २२ गतेसम्म जिल्लाभर टिपर चलाउन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको उनले जानकारी दिएका छन्।

साथै यस निर्णयको उल्लंघन गरेको पाइएमा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही गरिने पनि प्रशासनले चेतावनी समेत दिएको छ।

साथै अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनहरूलाई भने यो नियम लागू नहुने प्रशासनले स्पष्ट पारेको छ।

notice_2082.6.7

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*