मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक सभा काठमाडौंमा सम्पन्न

७ आश्विन २०८२, मंगलवार १३:४५

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जेन–जी आन्दोलनपछि पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा उक्त सभा सम्पन्न गरिएको हो ।

सभामा एसोशिएसनका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो । सभाले आर्थिक वर्ष २०८१ –८२ को एसोशिएसनका गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२ –८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ। एसोशिएसनले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।

सभामा नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*