आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर चालु
१६ श्रावण २०७९, सोमबार ११:५९

काठमाडौं । आइएम पे ले आफ्ना ग्राहकलाई नयाँ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।













