सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार?

१७ श्रावण २०७९, मंगलवार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ र चाँदीको मुल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

स्थानीय बजारमा सोमवार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको थियो र चाँदी भने प्रतितोला १० रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*