पूँजी बजार, बैंक, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गछौं: प्रम प्रचण्ड
२६ पुष २०७९, मंगलवार १५:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजार सुधारमा सरकारको लक्ष्य रहने बताएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नका लागि प्रस्ताव पेस गर्ने क्रममा उहाँले यस्तो बनेको हो ।
पूँजी बजारका साथै वित्तीय, मौद्रिक, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय हुने उनले बताए । ‘निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न नीतिगत संस्थागत तथा प्रक्रियागत सुधार यो सरकारको प्राथमिकता रहने छ,’ उनले भने ।
संसदमा प्रधानमन्त्रीले बैंकिङ प्रणालीमा विधमान तरलता संकुचनको समस्यालाई सम्बोधन गर्न वित्तीय तथा मौद्रिक उपकरणहरूको उपयोग गरिने समेत बताउनुभयो ।












