घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२७ पुष २०७९, बुधबार ११:०१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ र चाँदीको मुल्य चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँ रहेको छ ।

मंगलबार तोलामा २५ रुपैयाँले घटेको चाँदीको मूल्य आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोवार भैरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*