अमेरिकाका सबै आन्तरिक उडान स्थगित

२७ पुष २०७९, बुधबार १९:०२

काठमाडौं । उडान नियन्त्रण प्रणालीमा समस्या देखिएको कारण अमेरिकाका सबै आन्तरिक उडान स्थगित भएको छ ।संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो ।

खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ ।

प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान पूर्ववत् रुपमा सञ्चालन हुने एफएएले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*