मेगा क्यापिटलले ल्यायो ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’, दुर्घटना तथा स्वास्थ्य बीमाको सुविधा

२९ पुष २०७९, शुक्रबार १५:१९

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्घ गरी नयाँ मेगा इन्स्योर्र्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ ।

यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्दि«त रहने छ ।

सवल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यसता प्रकारको आइ पर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप वृद्घि गरी अझै उज्जवल तथा समृद्घ भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

लगानीको आकर वमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ ।
उक्त सेवा न्यूनतम ३ लाख नगदबाट वा आफुसंग भएको उक्त रकम बराबारको शेयर दिएर समेत प्रारम्भ गर्न सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*