प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफपछि रवि लामिछाने निराश

२२ माघ २०७९, आईतवार १४:३४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्किएका छन् ।गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएको स्रोतको दाबी छ ।एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतको भनाइ छ । ‘उहाँले अब आफ्नो दल सरकारमा बस्न कठिन हुने भन्दै पार्टीको बैठकमा जानुभयो’ अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्री स्रोतले भन्यो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*