आइएमई पेको मन्थ अफ लभ अफर, ५ जनाले पाउनेछन् सामसुङ स्मार्टफोन जित्ने अवसर

२२ माघ २०७९, आईतवार १७:१२

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने भएको छ।

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यहीँ फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुने कम्पनीको भनाई छ ।

नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*