मूल्यबृद्धि चर्किदै, पुष महिनासम्म ७.२६ प्रतिशत पुग्यो

२३ माघ २०७९, सोमबार १६:२९

काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्म उपभोक्ता मुद्रास्फीति (मूल्य बृद्धि) ७.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्कअनुसार नेपालको मूल्य बृद्धिदरको ग्राफ उच्च विन्दुमा पुगेको हो ।

गत वर्षको यसै अवधिसम्म मूल्यबृद्धि ५.६५ प्रतिशतमा रहेको थियो । एक वर्षको अन्तरालमा मूल्य बृद्धि उच्च विन्दुमा पुगेको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।

पुष मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*