६ महिनामा कतिले घट्यो विदेशी विनिमयदर ?
२३ माघ २०७९, सोमबार १६:५६

काठमाडौं । चालु आर्थिक वर्षको २०७९ को पुस मसान्तसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.७९ प्रतिशतले घट्न पुुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तको तुलनामा विदेशी विनिमयदर अवमुल्यन हुन पुगेको हो ।
२०७९ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१२९.८३ पुगेको छ । २०७९ असार मसान्तमा उक्त विनिमय दर रु.१२७.५१ रहेको थियो ।












