बुटवल पावर कम्पनीको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

२५ माघ २०७९, बुधबार ११:५६

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।

अवधिसम्म कम्पनीको नाफा २६.०३% ले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ४२ करोड ३१ लाख रुपैयाँबाट बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको मुद्दति निक्षेपको ब्याजदर पनि बढेको छ । यस्तो ब्याजदर आम्दानी ४ करोड ९६ लाख रुपैयाँबाट बढेर ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको छ । यस्तै, अन्य श्रोतबाट हुने आमनी आम्दानी पनि २ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ करोड १ लाख रुपैयाँ भएको छ ।

हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ६ रुपैयाँ ७१ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*