२२१३ पुगेर २१७० मा झर्यो नेप्से, कारोबार झण्डै पौने चार अर्ब

२५ माघ २०७९, बुधबार १५:१४

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । कारोबार तीन अर्ब ६९ करोड नाघेकोमा बुधबार दिनभर उतार चढाव हुँदै कारोबार भएको थियो । विहान ११ः३५ बजे २२१३.७८ को बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा रोकिएको छ ।

हिजो उच्च अंकले बढेको नेप्से आज भने सामान्य करेक्सन भएको छ । नाफा बुक गर्ने सर्टटर्म लगानीकर्ताको कारण नेप्से परिसूचक सामान्य अंकले घटेको देखिएको छ । बुधबार कूल ६७ कम्पनीको मूल्य बढेको थियो भने १४२ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको मूल्य समान कायम हुन पुगेका छन् । बुधबार तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार कूल ५५ हजार ६०२ वटा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*