मायाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, झण्डै २ लाखले पाए १० कित्ता शेयर

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।
क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो ।
कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।












