राष्ट्रिय बीमा संस्थानका पूर्वकर्मचारीको हत्या, एकजना प्रकाउ

२७ माघ २०७९, शुक्रबार १२:३१

काठमाडौं । लुटपाटको उद्देश्यले राष्ट्रिय बीमा संस्थानका पूर्वकर्मचारीको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।मंगलबार बिहान ६ः४० बजे काठमाडौं– ९ रुद्रनगर शान्तिमार्ग सडकखण्डमा पुरुषको शव फेला परेको थियो । बेवारिसे शव फेला परेपछि प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त गौशालाले अनुसन्धान थालेको थियो।

प्रहरीले सीसी क्यामेरा फुटेजका आधारमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ३२ वर्षीय रामबहादुर थापालाई बुधबार पक्राउ गरेको थियो । थापा पक्राउ परेपछि शवको पहिचान भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताए । हत्या गरिएका व्यक्ति पर्सा वीरगन्जका ध्रुवबहादुर खड्का हुन् ।

लुटपाथको मौका खोज्दै हिँडेका थापाले खड्काको शरीरको आवरण हेरेर सहयोगी भाव देखाउँदै एकान्तमा पुरÞ्याएर लुटपाट गरेको र आफू फस्ने सोचेर हत्या गरेको पुष्टि भएको एसपी रिजालले बताए । मृतक खड्काको साथबाट मोबाइल १ थान, धनमाल, फोटोलगायत कागजाज झिकेर थापा फरार भएका थिए ।

प्रहरीले झोला र साइकलको सिटको खोल काठमाडौं–६ सरस्वतीनगरमा, ज्याकेज कालोपुल रुद्रमती मार्गमा, मृतकको फोटो, सिमकार्डलगायत कागजात रहेको पर्स धुम्बाराहीस्थित बासको झाडीमा फेला पारेको थियो ।
खड्का राष्ट्रिय बीमा संस्थानबाट दुई वर्षअघि निवृत्त भएका थिए । धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*