कर्णाली प्रदेशको मुख्यमन्त्री शर्माले गरे क्यान इन्फोटेक मेलाको अवलोकन, कर्णाली प्रदेशमा कार्यक्रम ल्याउन आह्वान

२७ माघ २०७९, शुक्रबार १६:५९

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्माले क्यान इन्फोटेक मेलाको अवलोकन गरेका छन् ।भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक– २०२३ को आज चौथौ दिन अवलोकन गर्दै उनले सूचना प्रविधिको मेला कर्णली प्रदेशमा समेत आवश्यक रहेको बताए ।

उनले मेला अवलोकन गर्दै नेपाली सीपलाई उचित मूल्य दिन नसकेको कारण केही पछाडि रहेको भन्दै यस्ता कार्यक्रम सबै्र प्रदेशमा हुनु जरुरी रहेको बताए ।कर्णाली प्रदेशमा समेत यस्ता कार्यक्रम गर्न क्यानलाई आग्रह गरे । क्यानले यस बिषयमा आफू सकारात्मक भएको कर्णली प्रदेशका मुख्यमन्त्रीलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*