क्यान इन्फोटेक मेलामा आइएमई पे को फ्रि भिजा कार्ड र क्यासब्याक सुविधा

काठमाडौं। क्यान इन्फोटेक मेलामा आइएमई पे ले अफर योजना ल्याएको छ । मंगलबार देखि सुरु भएको मेलामा अवलोकनकर्ताहरुको यस स्टलमा बढी भिड रहेको छ।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले मोबाइल रिचार्जमा नयाँ थप अफर, क्यास ब्याक र फ्रि भिजा कार्डको अफर ल्याएको छ।
डिजिटल भुक्तानी लागि प्रख्यात आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरुको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ ।
यसै सेवामा थप प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाइल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउनेछन।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रष्टाएका छन् ।
मेलामा प्रयोगकर्ताहरुले सकारात्मक प्रतिकृया दिएको कम्पनीको बन्देस अधिकारीले बताए ।












