उन्नती सहकार्य लघुवित्तको शाखा व्यवस्थापन तालिम सम्पन्न

२७ माघ २०७९, शुक्रबार २०:२२

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापन तालिम सम्पन्न भएको छ। लघुवित्तको मधेस प्रदेश अन्तर्गतका २८ वटा शाखा कार्यालयहरुका शाखा प्रमुखहरुलाई शाखा ब्यवस्थापन तथा दक्षता अभिबृद्धि सम्बन्धी पुर्नताजगी तालिम कार्यक्रम युनाईटेड होटल लालबन्दी सर्लाहीमा सम्पन्न भएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकको प्रमुख आथित्यतामा गरिएको तालिम कार्यक्रम मधेस प्रदेश प्रमुख केदार जोशिले संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाठकले कर्मचारी तथा सदस्यहरुलाई प्रदान गरिने तालिम संस्थाको निरन्तर कार्य प्रक्रिया रहेको र दक्ष तथा क्षमतावान् कर्मचारीले मात्र ग्राहक मैत्रि नबीनतम् लघुवित्त सेवा सदस्यहरुलाई प्रवाह गर्ने भएकाले कर्मचारीहरुलाई तालिम आयोजना गरिएको बताए।

सो तालिम कार्यक्रममा संस्थाले सेवाग्राही सदस्यहरुको समेत क्षमता तथा सिप बिकासका लागी योजनाबद्ध रुपले ब्यवासायिकक तथा सिपमूलक कार्यक्रम आयोजना गरिने जानकारी गराए ।

तालिम कार्यक्रममा संस्थाका सूचना प्रविधी विभागका विभागीय प्रमुख मनोज श्रेष्ठले सूचना प्रविधी बिषयमा,केन्द्रीय कार्यालयमा कार्यरत अधिकृत कौशल खड्काले आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धमा,अनुगमन अधिकृत दर्गानन्द शाहले जोखिम तथा कर्जा अशुली र अनुगमन अधिकृत अरबिन्द झाले बचत बृद्धि सम्बन्धमा तालिम दिएका थिए।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*