शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

१ फाल्गुन २०७९, सोमबार १२:५७

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ ।

यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यसाली विजेता बनि सकेकाछन् भने शेयर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् । शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २ सय रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो ।

सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन । त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत क्गचभ क्जयत पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*