कोकाकोला नेपालको नयाँ प्रोडक्ट चार्ज बजारमा

१ फाल्गुन २०७९, सोमबार १९:०५

काठमाडौं । कोकाकोला नेपालले आफ्नो नयाँ प्रोडक्ट लन्च गरेको छ । कम्पनीले आज (सोमबार) काठमाडौं दरबारमार्ग स्थित एलओडिमा एक समारोहकाबीच नर्याँ गेट चार्ज्ड’ नामक प्रोडक्ट लन्च गरेको हो ।

समारोहमा विभिन्न क्षेत्रका चर्चित कलाकारको बेजोड प्रस्तुती र युवा युवतीको बाक्लो उपस्थिती रहेको थियो । कोकाकोलाका प्रतिनिधी, मार्केटिङका कर्मचारी लगायतको बाक्लो उपस्थिती रहेको थियो । नेपालका चर्चित कलाकार देखि लिएर अन्तराष्ट्रिय स्तरका व्यापारीहरु सो नयाँ प्रोडक्ट पिउदै रमाएका थिए । सो समारोहमा विभिन्न कलेजका विद्यार्थीहरुले रमाइलो तरिकाबाट नाचेर नयाँ प्रोडक्टको स्वागत गरेका थिए ।

कोकाकोला कम्पनीको यस नयाँ प्रोडक्टले आउदो समयमा बजार पाउने कुरामा कुनै दुविधा नरहेको कम्पनीले जनाएको छ । समारोहमा नयाँ प्रोडक्ट पिउदै राजेश खनालले स्वाद एकदमै राम्रो र इनर्जेटिक रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*