नेप्सेमा थप ९१ लाख कित्ता बोनस शेयर सूचीकृत

४ फाल्गुन २०७९, बिहीबार १४:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको साधारण सभाबाट पारित भएको ६० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ९१ लाख १० हजार ८७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*