यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
४ फाल्गुन २०७९, बिहीबार १५:१२

काठमाडौं ।यो साता कारोबारको अन्तिम दिन अर्थात बिहिवार शेयर बजार दोहोरा अंकले घटेको छ । आज शेयर बजार २१ दशमलव १५ को अंकले घटेर २०७०।४१ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसंगै युनिलिभर नेपाल लिमिटेड, सिटिजन म्युचुअल फण्ड, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।













