मोलुङ्ग हाइड्रोपावर कम्पनीको आइपीओमा मागभन्दा बढीको आवदेन

४ फाल्गुन २०७९, बिहीबार १८:१२

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिन बिहीवार नै २ लाख ८१ हजार ८४० जनाको आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड ९सडीएससी० ले दिएको जानकारीअनुसार यी आवेदकहरूले मागभन्दा १ दशमलव ४३ गुणा बढी ३२ लाख २६ हजार २९० कित्ता शेयर खरीद माग गरेका छन् ।

कम्पनीले सार्वजनिक निष्कासनमार्फत २२ लाख ६४ हजार ६५५ कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुन आउने रू। २७ करोड २८ लाख ५० हजार बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ छिटो अवधि फागुन १० गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*