सुपरमाई हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँफाँट हुँदै
५ फाल्गुन २०७९, शुक्रबार ०६:५६

काठमाडौं। सुपरमाई हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँफाँट हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा आज बिहान १० बजे शेयर बाँडफाँट हुँदैछ ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७।१२ गुणा बढी हुन आउँछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।












