सेबोनद्वारा ब्रोकर शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका लागू, के–के छन् व्यवस्था ? (निर्देशिकासहित)
५ फाल्गुन २०७९, शुक्रबार १७:०८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले शाखा कार्यालय खोल्ने सम्बन्धि निर्देशिका, २०७९ लागू गरेको छ ।
सेबोनले ब्रोकरको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, ब्रोकरमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढंगले शाखा कार्यालय संचालन गर्नका लागि उक्त निर्देशिका लागू गरेको हो ।
साथै बोर्डले ७७ वटै जिल्लामा धितोपत्र दलाल व्यवसाय पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले सेबोनले ब्रोकर शाखा खोल्ने सम्बन्धि निर्देशिका २०७९ फागुन ४ गतेदेखि लागू गरेको हो ।
5th fagun sebon












