७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

७ फाल्गुन २०७९, आईतवार ११:००

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतवार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात शुक्रवारको दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*