अतिआवश्यक बाहेक करारमा रहेका कर्मचारी हटाउने तयारीमा सरकार

११ फाल्गुन २०७९, बिहीबार १९:४०

काठमाडौं । सरकारले सरकारी कार्यालयमा रहेका करारका कर्मचारी हटाउने भएको छ। चालू आर्थिक वर्षको राजस्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो।

सरकारले अति आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने तयारी गरेको छ।
अहिले अर्थमन्त्रालय कुन निकायमा कति कर्मचारी छन् र करारमा रहेको कर्मचारीको विवरणसंकलन गरिरहेको छ। अर्थ मन्त्रालयले सबै सरकारी निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरिसकेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*