१८ निर्जीवन बीमा कम्पनीले सात महिनामा २३ अर्बको व्यवसाय, शिखरको मात्रै तीन अर्ब, अन्यको कसको कति ?

१२ फाल्गुन २०७९, शुक्रबार १७:०५

काठमाडौं । चालु आवको सात महिनामा नेपालमा सञ्चालित १८ वटा निर्जीवन बीमा कम्पनीहरूले कूल २३ अर्ब छ करोड २९ लाख ८२ हजार रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।
बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरण अनुसार चालु आवको माघ महिना सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कूल बीमा शुल्क बापत सो रकम संकलन गरेका हुन् । 


सात महिनाको अवधीमा कूल बीमा शुल्कको आधारमा शिखर सबैभन्दा अगाडि झण्डै तीन अर्ब अर्थात दुई अर्ब ९८ करोड तीन लाख ३२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।  

दोस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी पर्न सफल भएको छ । सो कम्पनीले एक अर्ब ७५ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेर उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले चालु आवको सात महिनासम्मका एक अर्ब ६९ करोड ८२ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्दा चौथो स्थानमा हिमालयन एभरेष्ट पुगेको छ । सो कम्पनीले एक अर्ब ८१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै, पाँचौं स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले एक अर्ब ६८ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले एक अर्ब ४२ करोड रुपैयाँ, एनएलजीले एक अर्ब ४० करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*