बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
६ बैशाख २०८०, बुधबार ११:१२

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मुल्य ३ सय र चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।












