यो साता नेप्सेमा दुई कम्पनीका ऋणपत्र र बोनस शेयर सूचीकृत

१० आश्विन २०८३, शनिबार १२:१०

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका ऋणपत्र तथा बोनस शेयर सूचीकृत भएका छन्। लक्ष्मी सनराइज बैंकको ऋणपत्र र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन्।

लक्ष्मी सनराइज बैंकको १० वर्ष अवधिको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नेप्सेमा सूचीकृत भएको छ। बैंकले जारी गरेको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित तथा चुक्ता मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो। उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ।

नेप्से र लक्ष्मी सनराइज बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएपछि ‘एलएसडी९२’ नाममा उक्त ऋणपत्र सूचीकृत गरिएको हो। माछापुच्छ्रे क्यापिटलमार्फत सर्वसाधारणका लागि खुला बिक्री गरिएको यो ऋणपत्रको दोस्रो बजारमा असोज ८ गतेदेखि कारोबार सुरु भइसकेको छ।

त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रतिशत बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ। कम्पनीका कुल १२ लाख ९ हजार ८६२ दशमलव ५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*