फोनपे पेमेन्टको सिईओमा दिवस सापकोटा नियुक्त

१६ बैशाख २०७९, शुक्रबार १२:४७

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिवस सापकोटा नियुक्त भएका छन् ।फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी उनलाई सिईओमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम गरेका थिए ।

एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटि क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आइटिदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*