सामसङका नयाँ फोल्डेबल फोन र स्मार्टवाच नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

९ भाद्र २०८३, मंगलवार १९:०६

काठमाडौँ ।  नयाँ ग्यालेक्सी जेड सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ ग्यालेक्सी जेड सिरिज आएको छ। यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ ग्यालेक्सी वाच डिभाइसहरू पनि सार्वजनिक गरिएको छ। ग्यालेक्सी जेड फोल्ड एट अल्ट्रा, फोल्ड एट, फ्लिप एट, वाच अल्ट्रा टु र वाच नाइन अब नेपालभर उपलब्ध छन्। बिक्री अगस्ट २६ देखि सुरु हुनेछ।

नयाँ ग्यालेक्सी जेड सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको छ। ग्यालेक्सी जेड फोल्ड एट अल्ट्रामा भायोलेट स्याडो सबैभन्दा लोकप्रिय रङ बनेको छ भने ग्यालेक्सी जेड फोल्ड एटमा ल्याभेन्डर र ग्यालेक्सी जेड फ्लिप एटमा पिङ्क सबैभन्दा धेरै रोजिएको रङ बनेको छ।

नयाँ ग्यालेक्सी जेड सिरिज: तीन फरक फोल्डेबल अनुभव

ग्यालेक्सी जेड Fold8 Ultra ले सामसङको प्रिमियम Ultra अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको छ। यसको ८ इन्चको मुख्य डिस्प्ले ले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान

Galaxy Z Fold8 नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो। यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य 4:3 डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिन्छ।

Galaxy Z Flip8 सामसङको सबैभन्दा आकर्षक Flip फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० MP क्यामेरा, ProVisual Engine र FlexCam अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ।

Galaxy Watch Ultra2Galaxy Watch9: हातमै सहज स्वास्थ्य व्यवस्थापन

Galaxy Watch Ultra2 र Galaxy Watch9 ले Galaxy अनुभवलाई अब हातसम्म विस्तार गरेका छन्। यी स्मार्टवाचहरूले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्छन्। दुवै डिभाइस Snapdragon Wear Elite Platform द्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएका छन्।

उपलब्धता

नयाँ ग्यालेक्सी डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न सामसङले २४ महिनासम्मको सजिलो EMI सुविधा उपलब्ध गराएको छ। यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई सामसङको नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ। यो प्रक्रिया सरल छ र यसको लागि नागरिकता मात्र आवश्यक पर्नेछ। अगस्ट २६ देखि Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 नेपालभर उपलब्ध हुनेछन्।

 

मोडल नाम रङ RRP २४ महिनाको EMI
Galaxy Z Fold8 Ultra (12+512GB) Violet Shadow / Graphite रु ३,३९,९९९ रु ९,२२५
Galaxy Z Fold8 Ultra (12+256GB) Violet Shadow / Graphite रु २,९९,९९९ रु ८,१४०
Galaxy Z Fold8 (12+256GB) Lavender / Graphite रु २,७४,९९९ रु ७,४६२
Galaxy Z Flip8 (12+256GB) Pink / Graphite रु १,९४,९९९ रु ५,२९१
Galaxy Watch Ultra2 Black रु १,२३,४९९
Galaxy Watch9 Black / Silver (44mm) रु ७१,४९९
Black / Beige (40mm) रु ६६,४९९

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*