श्रीलंकामा आर्थिक संकटपछि दोस्रो प्रधानमन्त्रीले दिए राजिनामा
२६ बैशाख २०७९, सोमबार १८:३१
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ ।
देशमा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन् ।